देश

    रुपन्देही रोहिणी खोला दुर्घटनामा मृत्यु भएका आठ जनाको सनाखत

    नवलपुर टुडे
    २०७९ जेष्ठ २३ | बिहान ०८:०२ बजे

      बुटवल, जेठ २३ । रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका नौमध्ये आठ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तिलोत्तमा नगरपालिका – २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुरका दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा – ८ की तुलसी बस्यालको मृत्यु भएको हो।

      त्यस्तै, दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। उनीहरु अरविन्द शर्मा, नागेन्द्र शर्मा र सञ्जय गुप्ताको रहेका छन् । दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो। अझै पनि एक जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

      जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान रोहिणी खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरुको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ।

        कमेन्टहरु