गुल्मीमा चितुवा मृत फेला

नवलपुर टुडे
२०७९ जेष्ठ २२ | मध्यान्ह ०३:०२ बजे

इन्द्रजीत नेपाली
गुल्मी, जेष्ठ २२ । गुल्मीमा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ लूम्छा बजार नजिकैको खरबारीमा मृत अवस्थामा चितुवा फेला परेको गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।
आइतबार बिहान गाईबस्तुलाई सोत्तर सोर्न खरबारीमा गएको बेला मृत अवस्थामा चितुवा देखेपछि स्थानीय सीता भुसालले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् । चितुवा के कारणले मरेको भन्ने खुलेको छैन् । मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
मृत अवस्थामा फेला परेको चितुवा के कारणले मरेको भन्नेबारे इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगी अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।





