लुम्बिनी प्रदेश

    रुपन्देही बस दुर्घटना : ५ जनाको सनाखत

    नवलपुर टुडे
    २०७९ जेष्ठ २२ | बिहान ०९:०२ बजे

      बुटवल, जेठ २२ । रुपन्देहीकाे रोहिणी नदिको पुलबाट बस खस्दा मृत्यु भएका ९ जनामध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी छ ।

      भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

      रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । उक्त दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

      आइतबार बिहान जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रुपन्देहीस्थित रोहिणी नदिको पुलबाट खसेको थियो ।

        कमेन्टहरु