देश

    जनकपुरबाट भैरहवा आउँदै गरेको बस रुपन्देहीको रोहिणी नदीमा खस्यो, ९ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ २२ | बिहान ०७:०२ बजे

      बुटवल, जेठ २२ । रुपन्देहीको रोहिणी नदीमा आज (आइतबार) बिहान बस खस्दा ९ जनाको मृत्यु भएको छ । रुपन्देही प्रहरीका अनुसार जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस बिहान ४:३० बजे दुर्घटना भएको हो ।

      बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले जानकारी दिए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित रोहिणी नदीमा खसेको हो । प्रहरीले घाइतेहरुको उद्धार गरेर अस्पताल पठाइएको छ ।

      घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

        कमेन्टहरु