काठमाडौँको हात्तीसारस्थित एक रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत

नवलपुर टुडे
२०७९ जेष्ठ २१ | मध्यान्ह ०५:०२ बजे

काठमाडौं, जेठ २१ । काठमाडौँको महानगरपालिका – १ हात्तीसारस्थित एक रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत भएकी छन् ।
युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गएराती काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।





