समाज

    पुष्पलाल प्रावि सुस्ता ५ बनकट्टीद्धारा सुस्ताका जनप्रतिनिधिलाई सम्मान गरियो

    नवलपुर टुडे
    २०७९ जेष्ठ २० | मध्यान्ह ०७:०२ बजे

      नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ बनकट्टीमा अवस्थित पुष्पलाल प्राथमिक बिद्यालयको आयोजनामा सुस्ता गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

      बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मदन प्रसाद कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले आफुले शिक्षालाई उच्च प्राथमिकता दिने बताउदै गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा बालकक्षा देखी नै अंग्रेजी बिषय अनिवार्य गरिने धारणा राख्नुभयो । अध्यक्ष उपाध्यायले यस सुस्ता गाउँपालिका अन्र्तगत रहेका अव्यवस्थित जग्गालाई व्यवस्थित गरिने र भेदभाव रहित सुस्ता गाउँपालिका बनाउने बिचार व्यक्त गर्नुभयो ।

      कार्यक्रममा सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता देवी चौधरी धार्मिक व्यक्तित्व मोतिलाल उपाध्याय, वार्ड नंं ५ का वार्ड अध्यक्ष प्रभुनाथ यादव लगायतले बिद्यालय संचालन गतिबिधिबारे आफ्नो धारणा राख्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक विना देवी ज्ञवालीले विद्यालयको शैक्षिक गतिविधि बारे प्रकाश पार्नु भएको थियो । आजका बालबालिका भोलीका कर्णधार शिक्षा नै हो बिकासको मुल आधार भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रममा बिद्यालयका बालबालिकाहरुद्धारा गायन तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक मदन ज्ञवलीले जानकारी दिनुभयो ।

      २०५१ सालमा साविक त्रिबेणी सुस्ता गा.वि.स.को सुस्ता टोलमा स्थापना भएको यस विद्यालय हाल सुस्ताको बनकट्टीमा कक्षा १ देखी ५ सम्म सञ्चालनमा रहेको विद्यालय श्रोतले जानकारी गराएको छ ।

        कमेन्टहरु