समाचार

    कृष्णनगर नगर प्रमुख शाहले गराए नवनिर्वाचित नगर कार्यपालिका सदस्यलाई सपथ

    नवलपुर टुडे
    २०७९ जेष्ठ २० | मध्यान्ह ०३:०२ बजे

      अजय मिश्र
      कृष्णनगर, जेष्ठ २० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित नगर कार्यपालिका सदस्यहरुलाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् l

      कृष्णनगर नगर कार्यपालिका सदस्यमा निर्वाचित ज्योति कोरी, गौरि शंकर हरिजन, विद्यावती कोहार, रामलाल बढ्ई, राम किशोर बरई, इन्द्रावती भर, शुशीला नाउ, सोमना पासीलाईलाई नगर प्रमुख शाहले पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

      कार्यक्रममा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, नागेश्वर मिश्रसाथै अन्य कर्मचारीहरू लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संचालन योजना शाखा प्रमुख साकिर अहमद शाहले गरेका थिए ।

        कमेन्टहरु