पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, कुन पालिकालाई कति ?


पाल्पा, जेठ २० । संघिय सरकारले आगामी आर्थिक वर्षको लागि पाल्पा जिल्लालाई ४ अर्वभन्दा बढी बजेट विनियोजन गरेको छ । जिल्लामा रहेका २ नगरपालिका र ८ गाउँपालिकाको लागि ४ अर्व ८ करोड २१ लाख बजेट विनियोजन गरिएको हो ।
तानसेन नगरपालिकाको लागि चालुतर्फ ५३ करोड ५१ लाख, पुजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख र रामपुर नगरपालिकाको लागि चालुतर्फ ४४ करोड ३१ लाख, पुजीगततर्फ ५ करोड ५० लाख गरी ४९ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै तिनाउँ गाउँपालिकालाई चालुतर्फ २९ करोड १ लाख, पुजीगततर्फ १ करोड ५३ लाख गरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुजीगततर्फ ३ करोड ८६ लाख गरी ३९ करोड ७५ लाख र पुर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुजीगततर्फ २ करोड ९९ लाख गरी ३२ करोड ८८ लाख रकम बजेट छुट्याइएको छ ।
यसैगरी संघिय सरकारले बगनासकाली गाउँपालिकाको लागि चालुतर्फ ३२ करोड २७ लाख, पुजीगततर्फ २ करोड ४६ लाख गरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकाको लागि चालुतर्फ ३५ करोड ५८ लाख, पुजीगततर्फ ३ करोड ५ लाख गरी ३८ करोड ६३ लाख तथा रम्भा गाउँपालिकाको लागि चालुतर्फ ३० करोड २५ लाख, पुजीगततर्फ ४ करोड गरी ३४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
रिव्दीकोट गाउँपालिकाको लागि चालुतर्फ ३३ करोड ४ लाख, पुजीगततर्फ २ करोड ४० लाख गरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकाको लागि चालुतर्फ ४१ करोड १४ लाख, पुजीगततर्फ ४ करोड ५१ लाख गरी ४५ करोड ६५ लाख रुपैया विनियोजन गरिएको छ । सरकारले पाल्पा जिल्लालाई चालुतर्फ ३ अर्व ६५ करोड १७ लाख र पुजीगततर्फ ४३ करोड ५ लाख बजेट विनियोजन गरेको हो ।





