पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारी भाडा पनि घट्यो, अब कहाँसम्म कति लाग्छ ? (सूची)

नवलपुर टुडे
२०७९ जेष्ठ २० | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ २० । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको सवारी भाडा पनि घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि विभागले गाडी भाडा पनि घटाएको हो ।
नेपाल आयल निगमले बिहीबार बेलुकीदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.९ प्रतिशतले घटेको छ ।
हेर्नुस सूची-
BL_final_2079_02_20_अन्तर_प्रदेश_भाडादर





