समाचार

    बैतडीमा दुईजनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ २० | बिहान ०७:०२ बजे

      बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुईजनाको मृत्यु भएको छ । एकजनाको भिरबाट लडेर र अर्को एकजना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।

      बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए ।

      यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । रासस

        कमेन्टहरु