मुख्य समाचार

    पल शाहलाई थुनामै राख्ने आदेश, उच्च अदालत पाेखराबाट सदर

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | मध्यान्ह ०८:०२ बजे

      पोखरा, जेठ १९ । नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ।

      बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हाे।

      तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए।

        कमेन्टहरु