शिक्षा

    त्रिविको परीक्षामा पोहोर र यसपालीको प्रश्न हुबहु

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | मध्यान्ह ०८:०२ बजे

      काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा दोहोरिएको छ । मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न सोधेको हो ।

      बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्‍याएको हो । प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। ६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा गरी १३ वटा प्रश्न सोधिएका हुन्छन्। ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेका छन्।

      त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका अनुसार आफूसँग प्रश्नपत्रको बैंक हुने र त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गर्दा दोहोरिनु सामान्य भएको बताएको छ ।

      photo 2022 06 02 20 14 38

        कमेन्टहरु