देश

    देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

      यस्तै सोही अवधिमा थप ८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ ।

      आज एकलाख ४३ हजार ५८२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु