समाचार

    नेपालगंज घट्नामा पक्राउ परेकालाई बिना शर्त रिहाईको माग(बिज्ञप्तीसहित)

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | मध्यान्ह ०४:०२ बजे

      बुटवल । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन अर्घाखाँचीले घटनामा पक्राउ परेका सबैलाई तत्काल बिना शर्त रिहाई गर्न, तथा भत्काएको स्वर्गीय राजा वीरेन्द्र शालिक पुनःस्थापना गर्न माग गर्दै प्रेस बिज्ञप्ति निकालेको छ । प्रेस बिज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन अर्घाखाँची का अध्यक्ष घनश्याम पाण्डेले यस्तो भनेका छन ।

      स्वर्गीय राजा वीरेन्द्र शालिक पुनःस्थापना गर्न राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन नेपालगन्जमा जनस्तरबाट पुनः स्थापित सर्वप्रिय स्वर्गिय राजा वीरेन्द्रको शालिक माथिसरकार पछबाट भएको तोडफोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धित घटनामा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनामा पक्राउ परेका सबैलाई तत्काल बिना शर्त रिहाई गर्न,

      तथा भत्काएको स्वर्गीय राजा वीरेन्द्र शालिक पुनःस्थापना गर्न राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन अर्घाखाँची सरकार संग जोरदार माग गर्दछ । अन्यथा यसबाट उत्पन्न हुने कुनै पनि परिस्थिति को जिम्मेदार सरकार स्वयम हुनुपर्ने छ।

      प्रेस बिज्ञप्ति हेर्नुहोस ।

      photo 2022 06 02 16 19 33

        कमेन्टहरु