अर्थ

    सिटिजन्स बैंकले मोबाइल एपमा सुरु गर्‍यो रेमिट्यान्स सेवा

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | बिहान १०:०२ बजे

      काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

      बैंकले आफ्ना ग्राहकलाई डिजिटलमाध्यमको प्रयोग गरी विभिन्न सेवा–सुविधा प्रदान गर्ने क्रममा यो सुविधा ल्याएको हो । यो सुविधा सुरु भएपछि बैंकका ग्राहकले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न, साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा प्राप्त गर्न सक्ने जनाएको छ ।

      ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको कुनै पनि शाखा तथा १२ हजारभन्दा बढी एजेन्ट वा सबएजेन्टबाट नगद नै प्राप्त गर्न मिल्ने सुविधा रहेको जनाइएको छ ।

        कमेन्टहरु