मुख्य समाचार

    तारा एयरको विमान दुर्घटना : पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण गरिने

    नवलपुर टुडे
    २०७९ जेष्ठ १९ | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ १९ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

      महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

      पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

        कमेन्टहरु