देश

    हप्ता दिनभित्र बहादुरगंज नजिक दुई ट्रान्सफर्मर चोरी, कृषक चिन्तित

    नवलपुर टुडे
    २०७९ जेष्ठ १८ | मध्यान्ह ०३:०२ बजे

      कृष्णनगर, जेष्ठ १८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ स्थित बहादुरगंज नजिकको गाँउका दुई सिंचाई ट्युबेलका ट्रान्सर्फमर चाेरी हुंदा कृषकहरुलाई चिन्तित बनाएकाे छ ।

      गएकाे शनिबार देवानगढिया गाउंकाे पुर्वमा रहेकाे ट्युबवेलकाे ट्रान्सफर्मर चोरी भएको छ भने त्यसको तीन दिनपछि मंगलवार रात्रि डगरमरवा गाँउमा रहेको ट्युबवेलकाे अर्काे ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिंग सिचाईका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुदाँ स्थानीय जनता निराश हुनुका साथै पटक पटक ट्रान्सफर्मर चोरी हुदाँ सम्बन्धित निकायले ध्यान न दिनु आफैमा गम्भीर प्रश्न खडा भएको बताउदै तत्काल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न स्थानीयले माग गरेका छन् ।

      सो चोरी सम्बन्धमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख कमर आलम खानसँग बुझ्न खोज्दा उहाँले ठेकेदार मार्फत सिचाईका लागि खरिद गरिएको ट्रान्सफर्मरमा हाम्रो काम लाइट सप्लाई गर्ने रहेको बताउदै ट्रान्सफर्मरमा बेलिडिङ तथा गाँउ घर नजिक ट्रान्सफर्मर राखि त्यँहाबाट तार तानि सिचाईका लागि लगाइएको बोरिङ सम्म पुर्याउन सके चोरीको घटना कम हुने तर्क दिए ।

      ट्रान्सफर्मर चोरी सम्बन्धमा इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी नायब निरीक्षक दिपेन्द्र गिरीसँग बुझ्दा उहाँले रात्रि समयमा प्रहरी गस्ती बढाएको र चोरहरू परोफेशनल नै हुन सक्ने बताए । ट्रान्सर्फमर चाेरि गर्नेहरु विद्युतीय काराेबारका एक्सपर्ट नै हुन्छन । प्रहरीले तरखरता देखाउन जरुरी रहेको, धानबालीका लागि बेर्न हाल्ने समयमा सिंचाईका ट्युबवेल ट्रन्सफार्मर चाेरी हुनु चिन्ताजनक रहेको बताउदै पटक पटक घटना दाेहाेरिनु सुरक्षा निकायमाथि पनि प्रश्नचिह्न खडा भएको स्थानीयहरूको भनाई रहेको छ ।

        कमेन्टहरु