समाचार

    मन्त्री बसिउद्दिनले दिए फातिमालाई बधाई

    नवलपुर टुडे
    २०७९ जेष्ठ १७ | बिहान ११:०२ बजे

      बुटवल । नेपाली राजनीतिक इतिहासमा कलिलो उमेरमै नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचित भएकी नेपाली कांग्रेस पार्टिकी नेत्री फतिमा खातुन अन्सारीलाई बधाई तथा शुभकामना निरन्तर आइरहेको छ ।

      स्थानिय निर्वाचनको चुनावमा निर्वाचित भएकी खातुनलाई बिभिन्न उच्च व्यक्तिहरूद्वारा बदाई दिने कार्यक्रम भइरहेको छ । यसैक्रममा एक कार्यक्रमका बीच शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खाँले समेत शुभकामन तथा बधाई दिनुभएको छ ।

      मन्त्री बसिउद्दिनले कार्यक्रममा बोल्दै फतिमा जस्ता महिलाको समाजमा आवस्यक रहेको बताए । सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै मन्त्रीले समाज परिवर्त आजको आवश्यकता भएकोले फतिमाले स्थानिय जनताको हरेक समस्याको समाधान प्रति गम्भीर हुन आवश्यक भएकोले ग्रामीण बस्तीको हरेक किसिमको विकास कार्यहरू बेलामा सञ्चालन गर्न तर्फ फतिमालाई ध्यानाकर्षणसमेत गराउनु भएको छ ।

        कमेन्टहरु