देश

    श्रीमानको कुटपिटबाट घाइते माझीको उपचारको क्रममा मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ १७ | बिहान ०८:०२ बजे

      चितवन । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।

      मृत्यु हुनेमा खैरहनी–१० मुसहर बस्तीकी गीता माझी रहेको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
      अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्याको कारणले मृत्यु भएको हो।

      श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको नियन्त्रणमा छन्।

        कमेन्टहरु