प्रचारप्रसारको अभावमा धार्मिक सांस्कृतिक बोकेको हात्ती ढुङ्गाको महत्त्व ओझेलमा

नवलपुर टुडे
२०७९ जेष्ठ १६ | मध्यान्ह ०८:०२ बजे

संजीव बुढाथोकी
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा – १४ स्थिय रहेको हात्तीढुङ्गा एक धार्मिक सांस्कृतिक स्थलको रुपमा स्थानीहरूको आकर्षण बढ्न थालेका छन ।
पुर्व पश्चिम राजमार्गदेखि करिब १६ किलोमीटर उत्तरमा रहेको स्थानिय हात्ती ढुङ्गा पर्यटन नगरीको रूपमा परिचित भएपनि प्रचारप्रसारको अभावले ओझेलमा परेको छन । धार्मिक स्थलको रूपमा रहेको ढुंगा हात्तीको प्रतिमा करिब ८० वर्ष पुरानो रहेको स्थानियहरुले बताउने गर्छन ।ति ढुङ्गालाई चोरेर लान खोज्दा लान नसकेपछि यसको महत्त्व झन बढ्न थालेको हो ।
यस ठाउँमा भाकल गरे मनले चिताएको कुरा पूरा हुने जनविश्वास भएकोले भाकल लिन नेपाल लगायत छिमेकी राष्ट्र भारतको विभिन्न स्थानबाट समेत मानिसहरू आउने गर्छन । प्रत्येक वर्ष स्थानियहरुद्वारा सामूहिक रूपमा पुजा गर्ने चलन रहिआएको छ ।





