मुख्य समाचार

    तारा एयर दुर्घटना : १० वटा शव कोवाङ झारियो, बाँकी शव ल्याउने तयारीमा

    नवलपुर टुडे
    २०७९ जेष्ठ १६ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ १६ । तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव हेलिकोप्टरमार्फत मुस्ताङको थोसाङ – २ कोवाङमा झारिएको छ । प्रमुख सेनानी प्रेम पौडेलका अनुसार अहिलेसम्म १० वटा शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको हो ।

      अहिलेसम्म १६ जनाको शव फेला परेको छ । केही शव जहाजमुनि च्यापिएको अवस्थामा देखिएको र निकाल्ने प्रयासमा रहेको उद्धारमा खटिएको सुरक्षा निकायले जानकारी दिएको छ । बाँकी शवलाई पनि ल्याउने तयारी भएको छ । कोवाङमा सबै शव संकलन गरे पछि काठमाडौं ल्याइने छ ।

      आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थुसाङ गाउँपालिका–२ सानसुरेमा दुर्घटना भएको हो । दुर्घटनामा परेर सबै यात्रुको मृत्यु भएको बताइएको छ । जहाजमा २२ जना थिए ।

        कमेन्टहरु