समाचार

    तारा एयरको विमान दुर्घटनाप्रति काँग्रेसको दुःख व्यक्त

    नवलपुर टुडे
    २०७९ जेष्ठ १६ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ १६ । नेपाली काँग्रेसले तारा एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेको हुन् ।

      आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा सवार रहेको चालक दलका तीन सदस्यसहित २२ जना यात्रुको निधन भएको छ । काँग्रेसले दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

      काँग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अबलम्बन गर्न पनि सरकारसँग माग गरेको छ ।

      photo 2022 05 30 02 47 17

        कमेन्टहरु