देश

    मन्त्रिपरिषद् बैठकका १० निर्णयहरु…..

    नवलपुर टुडे
    २०७९ जेष्ठ १६ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ १६ । गत जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले १० वटा निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको सो निर्णयहरु सार्वजनिक गरेका हुन् ।

      मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जना कैदीको कैद मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संसोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

      निर्णयहरु यस प्रकार छन् :-

      १) बेल्जियमको राजधानी ब्रसेलसमा विस २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

      २) नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने ।

      ३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

      ४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।

      ५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।

      ६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संसोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने ।

      ७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।

      ८) लोकसेवा आयोगको सिफासि बमोजिम निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने ।
      ९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरु संघीय संसद्मा पेश गर्ने ।

      १०) मूल्यअभिवृद्धि कर २४ औँ संसोधन नियमावली २०७९, अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

        कमेन्टहरु