देश

    काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले लिए सपथ

    नवलपुर टुडे
    २०७९ जेष्ठ १६ | मध्यान्ह १२:०२ बजे

      काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

      बालेनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन् । यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए । यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पनि पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

      गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौको मेयरमा स्वतन्त्र उम्मेदवार शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता दंगोल निर्वाचित भएका थिए ।

        कमेन्टहरु