देश

    क्षेतबिक्षत अवस्थामा भेटियो तारा एयरको विमान

    नवलपुर टुडे
    २०७९ जेष्ठ १६ | बिहान ०८:०२ बजे

      मुस्ताङ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

      मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

      तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार(आज) बिहानैबाट पुन: सुरु गरिएको थियो । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

        कमेन्टहरु