बालेन र सुनिताले आज सपथ ग्रहण गर्दै, सपथग्रहण लगत्तै पदभार सम्हाल्ने

नवलपुर टुडे
२०७९ जेष्ठ १६ | बिहान ०७:०२ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज सपथग्रहण गर्दै छन् । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले मत परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुले सपथग्रहण गर्न लागेको हो ।
बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन शाहलाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराउनेछन् । सपथग्रहणलगत्तै उनीहरुले आजै कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ ।
काठमाडौंको मेयरमा बालेन स्वतन्त्रबाट निर्वाचित भएका हुन् भने उपमेयरमा सुनिता नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी हुन् ।





