कैलालीमा नुहाउने क्रममा दुबेर दुई बालकको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ १५ | मध्यान्ह ०४:०२ बजे

कैलाली । सुदुरपश्चिमको कैलालीमा नुहाउन गएका दुई बालकको दुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका – ३ विशाल नगरका १० बर्षिय अनुप चौधरी र १२ बर्षिय बिष्णु गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।
उनिहरु नुहाउने क्रममा तलाउमा डुबेको खवर स्थानिय मार्फत प्रहरीलाई जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगि शव निकाली पोष्ट्मार्ट्मको लागि प्रादेशिक अस्पताल कैलाली पठाएको प्रहरीले जानकारी दिएको छ।





