शिक्षा

    जनक शिक्षाको आकस्मिक अनुगमनमा शिक्षामन्त्री

    नवलपुर टुडे
    २०७९ जेष्ठ १५ | मध्यान्ह ०३:०२ बजे

      काठमाडों । समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ‘आकस्मिक’ अनुगमन गरेका छन् ।

      आज(आइतबार) भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै उनले पुस्तक छपाइका बारेमा जानकारी लिएका हुन् ।

      जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्‍याउने भने पनि सोचेजस्तो काम नभएको पाइएपछि उनले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाइ दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले अबको १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको उल्लेख गरे ।

      मन्त्री पौडेलले कागजहरू आएर पुस्तक छाप्ने कार्य तीव्र रूपमा भइरहेको सूचना पाएको जानकारी दिए । उनले सबै विद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताए ।

        कमेन्टहरु