देश

    काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण भोलि

    नवलपुर टुडे
    २०७९ जेष्ठ १५ | मध्यान्ह १२:०२ बजे

      काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन्।

      महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यलगायतले शपथग्रहण गर्ने छन् । सोमबार बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेन शाहलाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिलाई शपथग्रहण गराउने छन् ।

      राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।

      महानगरका ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ। नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व पाएको छ।

        कमेन्टहरु