देश

    सम्पर्कविहीन भएको तारा एयरको विमानमा सवार १३ नेपाली र ६ विदेशी नागरिक (नामावलीसहित)

    नवलपुर टुडे
    २०७९ जेष्ठ १५ | मध्यान्ह १२:०२ बजे

      पोखरा, जेठ १५ । पोखराबाट आइतबार बिहान १९ यात्रु लिएर जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा पोखरा विमानस्थलबाट टेकअफ गरेको ९ एनएईटी ट्विनअटर विमान निर्धारित समयमा अवतरण नगरेपछि बेपत्ता भएको आशंका गरिएको थियो। उक्त विमान धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

      बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । यात्रुमध्य १६ नेपाली र ६ विदेशी नागरिक रहेको बताइएको छ।

      विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

      यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।

        कमेन्टहरु