लुम्बिनी प्रदेश

    जाग्न थाले बुटवल भैरहवाका युवा युवती

    नवलपुर टुडे
    २०७९ जेष्ठ १४ | मध्यान्ह ०८:०२ बजे

      कृष्ण प्रसाद भट्टराई
      बुटवल, जेष्ठ १४ । पछिल्लो समय देशमा ब्याप्त बिभिन्न घटनाक्रमहरुले गर्दा सामाजिक संजाल निकै तातेको छ । राजधानिमा बिगत आठ बर्ष अघिको यौन कान्ड होस या हालसालै बिभिन्न बिद्यालय कलेजमा हुने गरेका यौन जन्य घटनाहरुले गर्दा यौन हिंसा, सामाजिक अपराध लगायतका बिषयमा बिभिन्न संघ संस्थाहरुले आवाज उठान गरेकै बेला बुटवलमा भने बेग्लै किसिमको सचेतना चलेको पाइयो ।

      शनिबार बुटवलको योगिकुटिमा बिभिन्न कलेजमा अध्यनरत बुटवल र भैरहवाका युवाहरु जुटेर “हामी हाम्रै लागि” भन्ने नारासहित सचेतना कार्यक्रम गरेका छन । मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा, यौन अपराध तथा अन्य सामाजिक बिसंगतिहरुका बिरुद्ध अब युवाहरु एकजुट भएर लाग्नु पर्ने भएको हुंदा आफुहरु शहरका बिभिन्न चोक चोकमा जुटेर आम जनतामा सचेतना फैलाउने अभिप्रायले बुटवल, तिलोत्तमा तथा भैरहवाका युवा युवतीहरु मिलेर save yourself भन्ने अभियान चलाएको कार्यक्रमका एक अगुवा बिबेक भण्डारीले नवलपुर टुडेलाई जानकारी दिए ।

      कार्यक्रममा आयोजक युवा युवतीहरुका अलावा स्थानिय ब्यवसायी, नागरिक अगुवा तथा सर्बसाधारणहरुले समेत युवाहरुको उक्त कदमको प्रशंसा गर्दै हरेक क्षेत्रबाट साथ दिने बताएका थिए ।

      photo 2022 05 28 20 48 18

      photo 2022 05 28 20 48 23

        कमेन्टहरु