देश

    गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

    नवलपुर टुडे
    २०७९ जेष्ठ १४ | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ कैदीको सजाय मिनाहा माफी मिनाहा गरेकी छन्।

      सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले कानून अनुसार तोकिएको कैद भुक्तान गरेका खड्ग श्रेङ लिम्बुसहित २७१ जनाको बाँकी कैद माफी मिनाहा गरेकी हुन्। त्यस्तै, असल चालचलन भएका नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

      राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले कैद सजाय माफी मिनाहा गरेकी हुन् । यसका लागि मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। यो जेठ १५ गतेदेखि लागू हुनेछ।

      जेठ १५ गते गणतन्त्र दिवस मनाइने गरेको छ। गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष कैद माफी मिनाहा हुँदै आएको छ।

      photo 2022 05 28 07 07 15

      photo 2022 05 28 07 07 16

        कमेन्टहरु