समाज

    आइबोस ग्लोबलद्वारा धरान मेयर साम्पाङलाई शुभकामना तथा बधाई व्यक्त

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | मध्यान्ह ०६:०२ बजे

      विनोद मण्डल
      सिरहा, जेठ १३ । स्थानिय निर्वाचनको चुनावी मैदानबाट चर्चित बनेका सुनसरी धरानका मेयर हर्क राज साम्पाङ राईलाई राष्ट्रका विभिन्न भागबाट शुभकामना तथा बधाई कार्यक्रमको ओहिरो लागेकाे छ ।

      स्वतन्त्र उम्मेद्बारी दिँदै चुनावी मैदानमा आएर एका एक चर्चाका शिखरमा पुगेका राईलाई यतिबेला विभिन्न प्रदेशबाट समेत शुभकामना आदानप्रदानको ओईरो आइरहेको छ ।

      मधेश प्रदेशका आइबोश ग्लोवल लाईफ इन्टरनेसनल प्रालिद्वारा एक कार्यक्रम गरी मायाको चिनोसहित शुभकामना तथा बधाई दिइएको दिनेश कुमार यादवले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना दिँदै प्रालिका तोप बहादुर कार्कीले राई जस्तो निष्ठावान सहयोगी हातहरुलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनु भएको छ । मधेश प्रदेशबाट प्रालिका सबै सदस्य राईबाट प्रभावित भएको बताएको छ ।

        कमेन्टहरु