देश

    रेनु दाहाल सवारी दुर्घटनामा परिन

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौ । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।

      उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ। टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।

        कमेन्टहरु