देश

    काठमाडौ महानगरका नवनिर्वाचित मेयर बालेन र उपमेयर सुनिताले सोमबारबाट पदभार सम्हाल्ने

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथग्रहण गर्ने भएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले नवनिर्वाचित जनप्रतिनिधिहरुले कुर्सीमा बस्न थप तीन दिन प्रतिक्षा गर्नुपर्ने छ ।

      काठमाडौं महानगरको मतगणना हिजो राति सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । आज बिहानदेखि उपत्यकामा बालेनको विजयोत्सव र्‍याली चलिरहेको छ ।

      यस्तै उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।

      सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन् । साथै ५ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

        कमेन्टहरु