देश

    कृष्णसेनको आज स्मृति दिवस, प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम हुँदै

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | बिहान ०८:०२ बजे

      काठमाडौं । बरिष्ठ पत्रकार तथा सांस्कृति योद्धा कृष्ण सेन ‘इच्छुक’ को आज २० औं स्मृति दिवस । इच्छुकको सम्झनामा सामाजिक पत्रकार तथा सांस्कृतिकर्मीहरुले आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएका छन् ।

      यसैबीच प्रेस सेन्टर नेपालको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । प्रेस सेन्टर र जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा पत्रकार र साहित्यक स्राष्टाहरुलाई पुरस्कार वितरण गरिने छ ।

      प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको छ । कार्यक्रममा सेनाले नेपाली पत्रकारिता जगत र प्रतगतिशील साहित्यमा दिएको योगदानबारे छलफल गरिनेछ ।

      त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघलगायतका संघ संगठनहरुले पनि प्रभातफेरिलगायत विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । पत्रकार तथा वरिष्ठ साहित्यकार सेनको आजैकै दिन नेपाल पुलिस क्लवमा चरम यातना दिएर हत्या गरिएको थियो । २०५९ जेठ ६ गते गिरफ्तार गर्दै महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतको कोठरीमा राखेर कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै हत्या गरिएको थियो ।

        कमेन्टहरु