धरानमा एक युवकको हत्या

नवलपुर टुडे
२०७९ जेष्ठ १३ | बिहान ०७:०२ बजे

सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ। बिहीबार बिहान साढे ५ बजे धरान उपमहानगरपालिका – ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा करिव ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
पुरुषको सनाखत हुन सकेको छैन। खोलाको बगरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।
मृतकको घाँटी काटिएको छ। टाउको, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको छ।





