पालिका उपाध्यक्षले दिइन् शुभकामनासहित बधाई


परासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा प्रमुखहरूको शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । स्थानिय निर्वाचनको चुनावी मैदानबाट अत्यधिक मत ल्याएर पालिकामा प्रमुख पदका लागि दोश्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रेमी बैजु प्रसाद गुप्ता (दिपक) लाई एक कार्यक्रमका बीच पालिका उपप्रमुख फातुमा खातुन अन्सारीले सफल कार्यकालको शुभकामना सहित बधाई दिएकी छिन् ।
फरक फरक पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखले एकापसमा खुशीयाली मनाउँदै शुभकामना आदानप्रदान गर्दा स्थानिय जनतामा सकारात्मक सन्देश पुगेको छ । स्थानिय जनताको अमूल्य मतबाट विजय भएपछि यसरी प्रमूखहरु खुशी हुँदा आम स्थानिय झन खुशी भएका छन् ।
शुभकामना दिने क्रममा जनताको समस्यालाई आफ्नै समस्या सम्झी पालिकामा विकासको लहर ल्याउने खातुनले बताइन् स्थानिय स्तरमा अत्यन्त चर्चित बनेकी कलिला उमेरकी खातुनको नेतृत्वको यतिबेला चौतर्फी प्रसंशा गरिएको छ । फरक फरक धारको भएपनि पालिकामा एकापसमा खुशीयाली मनाउँदै गरिएको शुभकामना आदानप्रदान कार्यक्रमले सकारात्मक सन्देश दिँदै जनताको विकासमा समेत हातेमालो भएर अघि बढ्नेमा स्थानिय विश्वस्त रहेका छन् ।





