देश

    राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने

    नवलपुर टुडे
    २०७९ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ १२ । राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले उक्त जानकारी दिएको हो ।

      सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । हप्ताको दुई दिन सार्वजनिक विदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

      विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नै सेवा प्रदान गरिने छ ।

        कमेन्टहरु