भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ १२ | बिहान ०७:०२ बजे

बाँके, जेठ १२ । बाँकेको नेपालगञ्ज उपहानगरपालिका-११ साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





