गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेका कलवार विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ १२ | बिहान ०७:०२ बजे

काठमाडौं, जेठ १२ । रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेका कन्थमनी प्रसाद कलवार विजयी भएका छन् । नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।
नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् ।यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । उनले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।
चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् । योसँगै नेकपा एमालेले रौतहटमा ३ वटा पालिकामा जित हात पारेको छ ।





