देश

    दैलेखको आठबिसमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ १२ | बिहान ०६:०२ बजे

      सुर्खेत, जेठ १२ । दैलेखको आठबिसमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालिकोटबाट नेपालगञ्जका लागि छुटेको म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

      घाइतेमध्ये ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाएको दैलखेका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

      उनले भने, ‘कति जना बसमा सवार थिए भन्ने एकिन तथ्यांक आइसकेको छैन । सामान्य अवस्थाका घाइतेको घटनास्थल नजिकैको अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई उपचारका लागि सुर्खेत पठाईसकिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको छ ।’

      अँध्यारो भएकोले उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनका अनुसार बस दुर्घटनाको कारण खुलिसकेको छैन । मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु