मुख्य समाचार

    मंकीपक्स भाइरस फैलिएका मुलुकबाट आएकालाई १४ दिन क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौं, जेठ ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस फैलिएका मुलुकबाट आएका यात्रुहरूलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

      मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले नियमित प्रेस ब्रिफिङमा मंकीपक्स संक्रमण नेपाल भित्रिन नदिन सो नियम पालना गर्न आग्रह गरेका हुन् । डा. अधिकारीले विगतदेखि नै मंकीपक्स भाइरस पुष्टि भएकाले यो नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् ।

      मंकीपक्स अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भएकाले त्रसित नहुन उनले आग्रह गरे । मंकीपक्स भाइरस मुखको छिटाबाट सर्ने भएकाले यसको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्ने, सावुन पानीले हात धुनुका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिने र शङ्कास्पद संक्रमित व्यक्तिहरुसँग सचेत रहन उनले आग्रह गरे ।

      विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार हालसम्म १९ देशका १३१ जनामा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ भने थप १०६ जना क्वारेन्टिनमा बसेका छन् ।

        कमेन्टहरु