लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | मध्यान्ह ०३:०२ बजे

      बुटवल, जेठ ११ । लुम्बिनी प्रदेशको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

      लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

      चट्याङ लागेर घाइते भएका सोही ठाउँका ३० वर्षीय नुरमहमद लगायत अन्य ३ जनाको चौराहा अस्पतालमा नै उपचार भइरहेको छ । यस्तै गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीका ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु