राजनीति

    पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्ष खातुनले गरिन् पदभार ग्रहण

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | बिहान ०९:०२ बजे

      नवलपरासी । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा उपाध्यक्ष पदकी बिजयी उम्मेदवार फातिमाले पदभार ग्रहण गर्नुभएको छ ।

      स्थानिय निर्वाचनको मत परिणामबाट विजयी घोषणा भएकी नेपाली कांग्रेस पार्टीकी कलिला नेत्री फतुमा खातुन अन्सारीले एक कार्यक्रमका बीच प्रमाण पत्र लिँदै पालिकाको उपाध्यक्षको पदभार ग्रहण गर्नु भएको हो ।

      वहाँले पदभार ग्रहण गर्दै जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने समेत बताउनु भएको छ । कार्यक्रममा बोल्दै अन्सारीले स्थानिय निर्वाचनमा आफूलाई सहयोग गर्नुहुने सबैप्रति धन्यवाद आभार प्रकटसमेत व्यक्त गर्नु भएको छ ।

        कमेन्टहरु