समाचार

    बर्दियामा बाख्रा चराउन जंगल गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | बिहान ०८:०२ बजे

      बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–२ कोठियागाउँकी कौशिका पालको बाख्रा चराउन जंगल गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

      डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण बिडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोस्टदेखि करिब दुई सय मिटर उत्तरमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

      बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा बाघ, हात्ती र गैँडालगायतका वन्यजन्तुहरु ओहोरदोहोर गर्छन् । केही वर्षयता उक्त क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेको छ ।

        कमेन्टहरु