देश

    पोखरा महानगरको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ११ | बिहान ०७:०२ बजे

      पोखरा, जेठ ११ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले एमालेका उम्मेदवार कृष्ण बहादुर थापालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

      आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेवदवार कोपिला रानाभाटलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।

      गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरेकी छन् । अघिल्लो निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गरुङ निर्वाचित भएका थिए । गुरुङ यसपालि पुन उपमेयरमा दोहोरिएकी छिन् ।

        कमेन्टहरु