नगर उपप्रमुख आरती देवी चौधरीद्वारा पदभार ग्रहण

नवलपुर टुडे
२०७९ जेष्ठ १० | मध्यान्ह ०४:०२ बजे

अजय मिश्र
कृष्णनगर, जेष्ठ १० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नवनिर्वाचित नगर उपप्रमुख आरती देवी चौधरीले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेकी छन् । आज उनलाई नगरपालिकाका कर्मचारीले स्वागत गरेका हुन्
नगर उपप्रमुख लगायत वडाध्यक्ष तथा सदस्यलाई आज एक कार्यक्रमका बिच नगर प्रमुख शाहले सपथ ग्रहण गराए पछि उपप्रमुखले पदभार ग्रहण गरेकी छन् । आरती देवी चौधरी नेपाली कांग्रेसबाट उपप्रमुख पदमा उमेदवारी दिई कृष्णनगरमा विजयी भएकी हुन् ।





