कृष्णनगर नगर प्रमुख शाहद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण


अजय मिश्र
कृष्णनगर, जेष्ठ १० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नवनिर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् । कृष्णनगर नगरपालिका भित्रका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायतलाई नगर प्रमुख शाहले पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
कृष्णनगर नगरपालिका नगर प्रमुख पदमा दोस्रो पटक विजयी भएका नगर प्रमुख शाहलाई कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शुक्रवार सपथ ग्रहण गराएका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (२) अनुसार प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ ग्रहण गराउनुपर्ने व्यवस्था अनुसार सपथ लिएका शाहले नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाएका छन् ।
कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखाका बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र कर्मचारीहरू लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गरे ।





