छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ १० । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरिएको छ । प्रहरीले क्याम्पसका कोअर्डीनेटर काभ्रे घर भएका जनार्दन अधिकारीलाई पक्राउ गरेका हुन् ।
अधिकारीलाई अहिले गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । कक्षा ११ मा अध्ययनरत एक छात्राले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।
विद्यार्थीको समूहले अहिले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको विद्यार्थीहरूको गुनासो छ ।





